सुन प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानीमा रिहा


  • Himalayan Bank Limited (HBL)
सुन प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानीमा रिहा

काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्। शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएसँगै उनलाई हाजिरी जमानीमा छोडेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले महरालाई छोराको जिम्मा लगाएर हाजिरी जमानीमा छाडेको अन्नपूर्णलाई जानकारी दिए।

हिरासतमुक्त भएपनि उनीमाथि अनुसन्धान भने जारी रहनेछ । सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।

Read More