नेप्सेमा सूचीकृत कम्पनीहरूको कुन समूहको हिस्सा कति ? जलविद्युतकाे १८.९१ % हुँदा वाणिज्य बैंकको कति ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा सूचीकृत कम्पनीहरूको कुन समूहको हिस्सा कति ? जलविद्युतकाे १८.९१ % हुँदा वाणिज्य बैंकको कति ?

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले प्रकाशित गरेको फागुन महिनाको मासिक विवरण अनुसार नेप्सेको कारोबार कक्षमा दुई सय ७१ कम्पनी सूचीकृत छन्। माघमा पनि यति नै कम्पनी सूचीकृत थिए। फागुनमा एउटै कम्पनी पनि दोस्रो बजारमा सूचीकृत नभएका कारण सूचीकृत कम्पनीको सङ्ख्या बढ्न नसकेको हो।

सूचीकृत दुई सय ७१ कम्पनीका ८ अर्ब २१ करोड ८४ लाख कित्ता शेयर सूचीकृत छन्। जसमा समूहगत रुपमा सबैभन्दा बढी हिस्सा वाणिज्य बैंक समूहको छ। उसले कुल सूचीकृत शेयरको ४३.५५ प्रतिशत हिस्सा ओगटेको छ। त्यसपछि दोस्रोमा सबैभन्दा बढी हिस्सा ओगट्ने समूह जलविद्युत हो। उसले १८.९१ प्रतिशत हिस्सा ओगटेको छ। कुल शेयरमा बैंक वित्तीय संस्थाले आधा भन्दा बढी हिस्सा ओगटेका छन्। वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्तलाई एउटै डालोमा राखेर हिसाब गर्ने हो भने उनीहरूको मात्रै हिस्सा ५४.९० प्रतिशत हुन आउँछ। जुन कुल सूचीकृत शेयरको आधा भन्दा बढी हो।

Read More