बजारमा एकाधिकार गर्न खोजेको भन्दै अमेरिकी सरकारद्वारा एप्पलविरूद्ध मुद्दा दायर


  • Himalayan Bank Limited (HBL)
बजारमा एकाधिकार गर्न खोजेको भन्दै अमेरिकी सरकारद्वारा एप्पलविरूद्ध मुद्दा दायर

काठमाडौँ — अमेरिकी स्मार्टफोन बजारमा आफ्नो एकाधिकार जमाउन खोज्नुका साथै साना प्रतिस्पर्धीलाई पछि धकेल्न र मूल्य बढाउन खोजेको आरोप लगाउँदै अमेरिकी सरकारले विश्वकै ठूलो स्मार्टफोन उत्पादक एप्पलमाथि मुद्दा दायर गरेको छ । अमेरिकी न्याय मन्त्रालय र १५ वटा राज्य सरकारहरूले बिहीबार मुद्दा हालेका हुन् ।

यसलाई ठूला प्रविधि कम्पनीहरूमाथि अमेरिकी सरकारको नियमन प्रयासको निरन्तरता भनिएको छ । अमेरिकी सरकारले मेटा (फेसबुक), अल्फाबेट (गुगल), अमेजन लगायत कम्पनीहरूमाथि यसअघि नै बजारमा प्रभाव पारेको लगायत आरोपमा विभिन्न मुद्दा र जरिवाना गराउँदै आएको थियो ।

Read More