संयुक्त राज्य अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भको ब्याजदर सम्बन्धी नीति, विश्वव्यापी केन्द्रीय बैंकको खरिद प्रवृत्ति र विश्व व्यापारका महत्त्वपूर्ण मुद्राहरूको गतिशीलतामा आएको परिवर्तनले गर्दा सुनको मूल्य विश्व बजारमा (हिजो) बिहीबार रेकर्ड उचाइमा पुग्यो। पछिल्लो परिप्रेक्ष्यले डलरलाई कमजोर बनाएको छ र सुनको आकर्षण बढाएको छ।
बिहिबार प्रति औँस (२.४३ तोला वा ३१.१० ग्राम) २२०३.६८ अमेरिकी डलरमा अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार भएको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा सुनले मूल्यमा नयाँ रेकर्ड बनाउँदै गर्दा नेपाली बजारमा पनि सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ ।



