सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विहिवार कृषि विकास वैंकद्वारा विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कृषि विकास बैंकले पनि ग्लोबल मनि वीक ( सप्ताहब्यापी ) कार्यक्रम गरी मनाएको हो । सन् २०१२ देखी मार्च महिनामा संसार भर मनाउँदै आएको साक्षरता वित्तीय कार्यक्रमलाई कृषि विकास बैंकले सम्पन्न गरेको छ ।
कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनि वीक मनाएको हो । बैंकको कर्णाली प्रदेश कार्यालय सुर्खेतले प्रदेश राजधानी विरेन्द्रनगर सुर्खेतमा भएको नरहरिनाथ अध्ययन केन्द्रमा अध्यय्नरत विद्यार्थीहरुलाई वित्तिय साक्षरता ’bout जानकारी गराएको थियो । सोही कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका बरिष्ठतम उप–महाप्रवन्धक प्रताप सुवेदीले प्रविधिमैत्री वैकिङ कारोबारोको आजको आवश्यकताको महत्व बताए ।



