२४ सै घन्टा खुल्ने भएपछि ठमेलका व्यवसायी उत्साहित, व्यापार योजना बनाउँदै


  • Himalayan Bank Limited (HBL)
२४ सै घन्टा खुल्ने भएपछि ठमेलका व्यवसायी उत्साहित, व्यापार योजना बनाउँदै

काठमाडौं : ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन् । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता थुप्रै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी थप व्यापार फस्टाउन रचनात्मक योजना बनाइरहेका छन् । ‘कर्मचारी बढाउनुपर्छ, क्याफे पनि अलि चिटिक्क पार्दैछु,’ सन्तोषले भने, ‘अब भने पर्यटक फर्काउनु पीडा हुँदैन भन्नेमा ढुक्क छु ।’

Read More