८ चैत, काठमाडौं । सरकारले बैंकर र व्यवसायीलाई अलग्याउने स्पष्ट व्यवस्था सहित ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ (बाफिया) संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको छ ।
सरकारले दर्ता गरेको बाफिया संशोधनले दफा ५२ मा संशोधन गरी कुनै बैंकमा उल्लेख्य स्वामित्व भएको व्यक्तिलाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गरिने छैन भन्ने उल्लेख छ ।



