अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ ।
पुन र विश्व बैंकका तीन उपाध्यक्ष मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच नेपालमा ठूला पूर्वाधार आयोजनका विषयमा छलफल भएको हो।
बैठकमा एसियाली विकास बैंक (एडिबी) का नेपाल निर्देशक आर्नो कोश्वा तथा अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का प्रतिनिधिसमेत सहभागी थिए ।
बैठकमा नेपालबाट अर्थमन्त्री पुनका साथै राजस्व सचिव डा. रामप्रसाद घिमिरे, सह–सचिवहरू उत्तरकुमार खत्री र रितेशकुमार शाक्य तथा डिसीबाट अर्थसचिव कृष्णहरि पुष्कर, सह–सचिव श्रीकृष्ण नेपाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए।



