वैदेशिक लगानी भित्र्याउन १२ कानुन बाधक : लगानीकर्ता आकर्षित गर्न सम्मेलन पूर्व संशोधनको कसरत


  • Himalayan Bank Limited (HBL)
वैदेशिक लगानी भित्र्याउन १२ कानुन बाधक : लगानीकर्ता आकर्षित गर्न सम्मेलन पूर्व संशोधनको कसरत

 काठमाडौँ । नयाँ वर्षको आगमनसँगै आगामी वैशाख १६–१७ गते हुने तेस्रो लगानी सम्मेलन पूर्व लगानीका लागि बाधक ठानिएका १२ वटा ऐन संशोधन हुने भएको छ ।

वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, भूमिसम्बन्धी ऐन, जग्गा प्राप्ति ऐन, वातावरण संरक्षण ऐन, विद्युतीय कारोबार ऐन, नागरिक उड्डयन ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन र विद्युत् ऐनका प्रावधानहरू संशोधन गरी लगानीमैत्री बनाउन लागिएको हो ।

Read More