बैंकमा एक महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य


  • Himalayan Bank Limited (HBL)
बैंकमा एक महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य

८ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने प्रस्ताव गरिएको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ (बाफिया) संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो ।

हाल ऐनको दफा १७ अनुसार योग्यता भएको व्यक्ति मध्येबाट कम्तीमा एक जना स्वतन्त्र सञ्चालक नियुक्त गरी त्यसको जानकारी त्यस्तो नियुक्तिपछि बस्ने पहिलो साधारणसभामा दिनुपर्ने व्यवस्था थियो । त्यसलाई संशोधन गर्दै  कम्तीमा एक महिला सहित दुई जना स्वतन्त्र सञ्चालक अनिवार्य नियुक्त गर्नुपर्ने गरी काफियामा संशोधन प्रस्ताव गरिएको छ ।

Read More