काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि आइटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा महत्त्व दिएर समेटेको बताएका छन् ।
उनले आगामी पाँच वर्षमा मात्रै नेपालले पाँच खर्ब बराबरको सफ्टयेर नेपालबाट निर्यात गर्नसक्ने अवस्था रहेको उल्लेख गरे ।
बिहीबार सिंहदरबारमा बसेको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा मात्रै नेपालबाट ७६ अर्ब बराबरको सफ्ट्वेयरहरु निर्यात भएको उल्लेख गर्दै आगामी पाँच वर्षमा नेपालले पाँच खर्ब बराबरको सफ्टयेर निर्यात गर्नसक्ने दाबी गरे ।


_1q8sYYesSF.jpg)
