काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिमा पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन माग गर्दै पीडितले निवेदन दिएका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडासमक्ष सूर्यदर्शन बचत पीडित संघर्ष समितिले समितिका सभापति खतिवडा समक्ष निवेदन दिएका हुन् ।
पीडितहरुको निवेदन बुझ्दै खतिवडाले राज्यले बचतकर्ताको रकम फिर्ता गरेर पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताए। उनले समितिको तर्फबाट सरकारलाई ध्यानाकर्षण गराउने र पीडितले चाडै न्याय पाउने विश्वास व्यक्त गरे। उक्त सहकारीले १८ हजार ७०० वचतकर्ताको लगभग १४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने भएपनि विगत २ वर्ष यता कसैले पनि फिर्ता पाउन नसकेको बचतकर्ताको भनाई छ।



