सर्वोत्तम सिमेन्ट्सको शेयर लगातार तेस्रो कारोबार दिन पनि सकारात्मक सर्किट, शेयर मूल्य प्रतिकित्ता रू.७३९ .९० पुग्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सर्वोत्तम सिमेन्ट्सको शेयर लगातार तेस्रो कारोबार दिन पनि सकारात्मक सर्किट, शेयर मूल्य प्रतिकित्ता रू.७३९ .९० पुग्यो

काठमाडौं । सर्वोत्तम सिमेन्ट्सको शेयर मूल्यमा लगातार तीन कारोबार दिन सकारात्मक सर्किट लागेको छ । बिहीवार कारोबार खुलेको केही मिनटमै शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ७३९ दशमलव ८९ पुगेको छ ।

कम्पनीको शेयरमा उच्च खरीद माग देखिएको छ । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १३ लाख ५४ हजार ७३२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य छ । 

कम्पनीको शेयर मंगलवार देखि धितोपत्रको  दोस्रो बजारमा कारोबारमा आएको हो । सोही दिनदेखिनै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । 

Read More