बैंक तथा वित्तीय संस्थाको लगानीको मूल स्रोत भनेकै निक्षेप हो, जुन निक्षेपकर्ताको सम्पत्ति हो। यो सम्पत्ति निक्षेपकर्ताले मागेको बखत फिर्ता गर्नुपर्छ। त्यसैले बैंकले सुरक्षित तथा उद्देश्यमूलक लगानीको क्षेत्र खोज्छ। बैंकले गरेको लगानीको पैसा अबैध काममा प्रयोग नहोस् भन्ने सुनिश्चितता गर्छ। अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा बैंकले कर्जा लगानी उत्पादन, वितरण र उपभोगका लागि गर्छ।
बैंक सार्वजनिक निकाय हुन्। यिनले सर्वसाधारणको पैसा परिचालन गर्छन्। सार्वजनिक पद धारण गरेको व्यक्ति वा निकायको प्रथम दायित्व सार्वजनिक हितका लागि काम गर्नु हो। सार्वजनिक हित भनेको बहुसंख्यक जनसमुदायको जीवन उन्नति हुने गरी कर्जा लगानी गर्नु हो। क्षेत्रगत हिसावले अर्थतन्त्रलाई १५ क्षेत्रहरूमा विभाजन गरिएको हुन्छ।



