चैत महिना सुरू भइसक्दा पनि कर्जा विस्तारको सम्भावना कम देखिएको छ।
बैंकहरूमा अहिले पनि करिब ५ खर्ब हाराहारी रकम कर्जा लगानीको लागि उपलब्ध छ। तर, कुनै पनि क्षेत्रबाट कर्जाको माग उल्लेख्य दरमा बढ्न सकेको छैन।
'व्यवसाय गर्नेले आक्रामक रूपमा कर्जा लिइरहेका छैनन्, आयात पनि बढ्न सकेको छैन, निर्माण क्षेत्रमा पनि सुस्ती नै छ, उपभोगमा जाने कर्जा पनि खासै बढ्न सकेको छैन,' एक बैंकरले भने, 'सेयर बजार र घरजग्गाको कारोबारमा पनि सुधार देखिएको छैन।'



