उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गरेका छन्। यि क्षेत्रकाे सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले गर्ने भएकाे छ ।
गृह मन्त्रालयका अनुसार जिल्ला सुरक्षा समितिले सोहीअनुसारकाे योजना बनाउने तय भएकाे छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार नयाँ वर्षभित्र नै ठमेल र दरमार्ग रातभर पनि खुल्ने भएकाे हाे ।
‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (बैशाख १) भित्रै खुला हुन्छ,' काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ।’



