निवर्तमान अर्थमन्त्रीले सरकारको तर्फबाट पेस गर्नुभएको विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकतामा कतिपय माननीयज्यूहरूले परिवर्तित परिस्थितिमा पुनर्लेखन हुनुपर्ने विषय उठाउनुभएको छ।
सरकारका नीतिहरूमा स्थिरता कायम गर्नुपर्ने, राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र परिवर्तित सन्दर्भ अनुसार आवश्यकता, सम्भावना र सोच सम्बोधन गर्ने गरी सन्तुलन मिलाएर आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कायम गरिने छ । विद्यमान कानुनी व्यवस्थाअनुसार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनः पेश गर्ने व्यवस्था नभएकfले माननीय सदस्यहरुको सुझाव समेतका आधारमा बजेट तर्जुमा गरिनेछ ।



