चितवनमा भारतीय केरा छ्यापछ्याप्ती, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित


  • Himalayan Bank Limited (HBL)
चितवनमा भारतीय केरा छ्यापछ्याप्ती, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित

चितवन । चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् ।
हाल जिल्लामा जी ९ केरा बजारमा ल्याउने तयारी भएको छ भने माल्बोगको पनि तयारी अवस्थामा छ । भरतपुर महानगरपालिका वडा नम्बर २३ मा २५ विगाहा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएका घननाथ महतोले उत्पादनले बजार नपाउँदा थन्काएर राख्नुपरेको गुनासो गरे । उनले भने “केरा बिक्रीका लागि तयार भएको १२ दिन भयो कतै बेच्न सकेको छैन ।” चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष समेत रहेका महतो स्थानीय केराले बजार पाउन नसक्दा निकै चिन्तित छन् । 

Read More