काठमाडौं : भारतको पुँजी बजार नियामक ‘सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिसन अफ इन्डिया (सेबी)’ ले आइपीओ जारी गर्न खोज्ने कम्पनीहरुलाई आइपीओ विवरणपत्रको श्रव्यदृश्य (अडियो–भिजुअल) प्रस्तुति पनि सार्वजनिक गर्न लगाउने प्रस्ताव गरेको छ । सेबीले आइपीओ तयारीमा रहेका कम्पनीहरुले जारी हुने सार्वजनिक निष्कासनका जोखिमहरु सहित आइपीओको सम्पूर्ण विवरण खुलाएर ८ मिनेटभन्दा बढी नहुने गरी अडियोभिजुअल प्रस्तुति सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरेको हो ।





