लगानी सम्मेलनको तयारीलाई तिव्रता दिन अर्थमन्त्रीको निर्देशन


  • Himalayan Bank Limited (HBL)
लगानी सम्मेलनको तयारीलाई तिव्रता दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक तयारीलाई तिव्रता दिन निर्देशन दिएका छन् । आगामी बैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनको गृहकार्यलाई तिव्रता दिन निर्देशन दिएका हुन् । सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा अर्थमन्त्री पुनले लगानी सम्मेलनको सचिवालयलाई यस्तो निर्देशन दिएका हुन् ।

निजी क्षेत्रका तीनवटा छाता संस्थाहरु (नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्स) लगानी सम्मेलनको सहआयोजक रहेका छन् ।

Read More