मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क स्थापना


  • Himalayan Bank Limited (HBL)
मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क स्थापना

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गत फागुन २८ मा मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न चार बुँदे सहमति भएकाले सो सहमतिअनुसार डेस्क स्थापना गरी काम अघि बढाउन मन्त्रालयबाट निर्देशन गरिएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

Read More