बैंकमाथि नियोजित आक्रमण बढेको बैंकर्सको निष्कर्ष, भन्छन् 'बैंक डुब्दा अर्थतन्त्र सुरक्षित होला र ?'


  • Himalayan Bank Limited (HBL)
बैंकमाथि नियोजित आक्रमण बढेको बैंकर्सको निष्कर्ष, भन्छन् 'बैंक डुब्दा अर्थतन्त्र सुरक्षित होला र ?'

बैंकहरु आफुहरुमाथि नियोजित रुपमै आक्रमण हुन थालेको निष्कर्षमा पुगेका छन्।  केहि समय अगाडी एनआईसी एसियामाथि भएको आक्रमणलाई नितान्त एनआईसीकै भएको ठानेका बैंकहरु अहिले भने उक्त घटनालाई बैंकमाथिकै आक्रमणको रुपमा लिएका हुन्। 

"एनआईसी एसिया बैंकमाथि भएको आक्रमणलाई सुरुमा बैंकिंग उद्योगले नै एनआईसीको मात्र ठान्यो, तर एनआईसी लगत्तै प्रभु र त्यसपछि कुमारी बैंकमाथि आक्रमण हुन थालेपछि हामी बैंकहरुमाथि नै नियोजित रुपमा आक्रमण थालिएको निष्कर्षमा पुगेका हौँ।" एक बैंकरले बिजपाटीलाई बताए। 

ति बैंकरकाअनुसार एनआईसी एसियाबारे सुरुमा प्रचारबाजी गरिएको र त्यसमै टेकेर दुर्गा प्रसाईले सार्वजनिक अभिव्यक्ति दिंदा अवस्था चिन्ताजनक नै बन्न पुगेको थियो।

Read More