काठमाडौँ । बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलका लागि १८ बुँदे निर्देशन जारी गरेको छ । प्राधिकरणले जीवन र निर्जिवन बीमा कम्पनीहरुका लागि १८ बुँदे एकीकृत निर्देशन जारी गरेको हो ।
बीमा कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्राधिकरणले बीमा कम्पनीहरुका शाखा कार्यालयहरुमा शाखा प्रमुख अधिकृत स्तरको हुनेगरी व्यवस्थापन गर्न निर्देशन दिएको छ । त्यस्तै, प्राधिकरणले बीमा क्षेत्रमा हुँदै आएको उधारो बीमालाई पूर्ण रुपमा निरुत्साहित गर्न पनि बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।



