काठमाडौं । बीमा क्षेत्रमा निकै लामो समय काम गरेका बीमा विज्ञ तथा अनुभविहरुले नै जीवन बीमाको बोनस दर निर्धारण गर्ने कुरा पूर्ण प्राविधिक रहेको स्पष्ट पारेका छन् । उनीहरुले कुनै कम्पनीका उच्च अधिकारी,सीईओ वा कोही व्यक्तीले निहीत स्वार्थ पूरा गर्न बीमाको बोनस दर निर्धारण गर्न नमिल्ने बताएका छन् । बोनस दर निर्धारणमा यस्तै गडबढी नहोस भनेर नै त्यसका लागि केही कडा व्यवस्था समेत निर्धारण गरिएको हुन्छ ।
केही व्यक्तीहरुले बोनसको वास्तविक परिभाषा नबुझी सरल ढंगले अन्य कम्पनीको नाफामा आउँने बोसन वा कमिशन जस्तो बीमाको रकमलाई बुझ्छ भने त्यो सहि नहुने विज्ञ बताउँछन् ।



