काठमाडौँ । हुण्डी र सुनको अवैध कारोबारमा संलग्न रहेका भनी आरोप लगाइएका विवादित व्यापारी नरेश अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएको छ । मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालसहित चारजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतद्वय शिव हरि पोखरेल र विरेन्द्र बहादुर माझीको प्रतिवेदनका आधारमा उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।



