बैंकहरुले साथ नदिँदा समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्तामा ढिलाइ


  • Himalayan Bank Limited (HBL)
बैंकहरुले साथ नदिँदा समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्तामा ढिलाइ

काठमाडौं । मंगलबार काठमाडौंको बुद्धनगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा भेटिइन्, सहकारी पीडित (कल्पना) नाम परिवर्तन । उमेरले ५० को हाराहारीमा रहेकी उनी ठगिएकी छिन् तर ‘म ठगिएँ’ भन्दै परिचय नै खोलेर भने अगाडी आउन नसक्ने आफ्नै बाध्यता छ, उनको ।

त्यहाँ उनी आफूजस्तै सहकारीबाट ठगिएकाहरूको समूहलाई पर्खिरहेकी थिइन् । उनमा छटपटी प्रष्टरुपमा देखिन्थ्यो । घरी बाहिर आँखा बिछ्याउँथिन्, ‘कतै साथीहरू आई पो पुगे की !’ फेरी फोन डायल गर्थिन् र आउँदै गरेकोमा आश्वस्त बन्थिन्।

Read More