आठ बीमा कम्पनीले पुर्‍याए तोकिएको चुक्ता पूँजी , ६ कम्पनीले हकप्रद र बोनस शेयरबाट पुर्‍याउने


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
आठ बीमा कम्पनीले पुर्‍याए तोकिएको चुक्ता पूँजी , ६ कम्पनीले हकप्रद र बोनस शेयरबाट पुर्‍याउने

काठमाडौं ।  हालसम्ममा जम्मा आठ बीमा कम्पनीहरुले मात्रै नोपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्‍याएका छन् । निर्जीवन तर्फ पाँच र जीवन तर्फ तीन कम्पनीले नियामक निकायले तोकेको चुक्ता पूँजी पुर्‍याएका हुन । 
निर्जीवन बीमा कम्पनीहरुमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्स,सिद्धार्थ प्रिमियर इन्स्योरेन्स,सगरमाथा इन्स्योरेन्स,आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्‍याएका हुन । त्यस्तै जीवन बीमा कम्पनीहरुतर्फ नेशनल लाइफ इन्स्योरेन्स,नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले पुर्‍याएका छन् । 

Read More
  • EBL