काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताका लागि ३१ सुरक्षित उपाय सुझाएको छ । सेबोनले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताका लागि मुख्य सन्देश जारी गरेको हो ।
यस्ता छन् बोर्डका ३१ मुख्य सन्देश
१. देशको अर्थतन्त्र तथा राजनैतिक अवस्था, तरलताको स्थिति एवं व्याजदर जस्ता पक्षहरुको प्रभाव धितोपत्र बजारमा पर्ने हुँदा लगानी सम्बन्धी निर्णय लिदा आर्थिक, सामाजिक तथा राजनीतिक पक्षहरुलाई ध्यानमा राखी लगानी निर्णय लिनुहोस् ।



