चालु आर्थिक वर्षको ८ महिनामा १९ सय केजी सुन आयात भएको छ । भन्सार विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १९ सय १ केजी ८६४ ग्राम सुन नेपाल आयात भएको हो ।
उक्त सुन आयातबाट १६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपैयाँ विदेशिएको छ भने २ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ राजस्वमा योगदान पुगेको छ ।


