काठमाडौँ । कांग्रेसले रविलाई बदनाम गराउन सहकारीको कुरा झिकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । उनले उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने बाँकी मन्त्रीहरुको सबैको पद खाली हुने बताएका हुन् ।
आज धनगढीमा सञ्चारकर्मीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा उजुरी परेको र कांग्रेसले त्यही विषय संसदमा उठाएकोबारे सोधेको प्रश्नमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले त्यस्तो प्रतिक्रीया दिएका हुन् ।



