कुन मूल्यमा भयो सर्वोत्तम सिमेन्टको पहिलो शेयर कारोबार ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुन मूल्यमा भयो सर्वोत्तम सिमेन्टको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर कारोबार सुचारु भएको छ । आज मंगलबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएसंगै कम्पनीको कारोबार सुचारु भएको हो  । कम्पनीको SARBTM सिम्बलबाट कारोबार भएको हो ।

कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने व्यवस्था थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।

Read More