काठमाडौँ । घटना एभरेष्ट बैंकको हो । केहि समय अगाडी बन्दना खेतानलाई बैंकले मधेश प्रदेश प्रमुखको जिम्मेवारी लिनेगरी प्रदेश प्रमुख बनाएर पठाउने निर्णय गर्यो । तर मधेश प्रदेश जानुपर्ने भएपछि उनले बैंकबाट राजिनामा दिईन् । त्यसपछि बैंकले उज्वल शर्मालाई मधेश प्रदेशको प्रमुख बनायो । उनले पनि मधेश प्रदेश प्रमुख बन्नुभन्दा बरु बैंकबाट नै राजिनामा दिने संकेत गरेपछि उनलाई सुदूरपश्चिम प्रदेशको प्रमुख बनाईयो र उनको ठाउँमा पुष्प उप्रेतीलाई पठाइयो । तर यहि मधेश प्रदेशको जिम्मेवारी लिने नाममा बन्दना खेतानजस्ता बैंकरले जागिर नै छोड्नु पर्यो ।



