राष्ट्र बैंकका कार्यकारी निर्देशक आचार्य बर्खास्त, सहकर्मीमाथि दुर्व्यवहारको आरोप


  • Himalayan Bank Limited (HBL)
राष्ट्र बैंकका कार्यकारी निर्देशक आचार्य बर्खास्त, सहकर्मीमाथि दुर्व्यवहारको आरोप

काठमाडौ । नेपाल राष्ट्र बैंककी एक महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि  बैंककै टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलाई बर्खास्त गरिएको छ । एक उच्च तहकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि राष्ट्र बैंक मानव संशाधन विभागले बर्खास्ती  गरेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।
गत पुस २६ गते नगरकोटस्थित एक रिसोर्टमा भएको स्ट्रो म्यानेजमेन्ट कार्यक्रममा सहकर्मी महीला कर्मचारी माथि दुर्व्यवहार गरेको आरोप आचार्यलाई थियो । घटनालाई आन्तरिकरूपमा मिलाउन खोजिए पनि अन्तिममा प्रहरीकोमा पुगेको थियो  ।

Read More