काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ५२ अर्ब ५२ करोड रुपैयाँको बजेट सिलिङ पाएको छ । राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ५२ अर्ब ५२ करोड ८ लाख भित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको हो ।
मन्त्रालयले चालु आर्थिक वर्षमा ४९ अर्ब ८० करोड ५४ लाखको बजेट पाएको छ । आगामी आर्थिक वर्षका लागि स्वास्थ्यले चालु आर्थिक वर्षको बजेटभन्दा २ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बढी बजेटको सिलिङ पाएको हो ।



