५ फागुन, काठमाडौं । अघिल्ला लगातार दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा करका दर परिवर्तन गर्दा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र डा. प्रकाशशरण महत आलोचित भए ।
नयाँ बजेटले ल्याएका अन्य धेरै विषय हुँदाहुँदै करका दरमा बहस केन्द्रित भयो । जसले गर्दा अर्थमन्त्रीहरूले लामो समय स्पष्टीकरण दिँदै हिँड्नुपरेको थियो ।



