सोमबार नेप्से परिसूचक ३.२७ अंकले बढेको छ।
यसदिन नेप्से ०.१५ प्रतिशतले बढेर २०७३.५३ विन्दुमा बन्द भएको छ।
सोमबारको बजारमा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रूपैयाँको कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५० करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३०३ वटा धितोपत्रको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच भएको हो।





