भारत आगामी ५ वर्षमै विश्वका शीर्ष ५ सेमिकन्डक्टर उत्पादकमध्ये एक बन्ने


  • Himalayan Bank Limited (HBL)
भारत आगामी ५ वर्षमै विश्वका शीर्ष ५ सेमिकन्डक्टर उत्पादकमध्ये एक बन्ने

काठमाडौं : भारतले सेमिकन्डक्टर चिप उत्पादनको प्रक्रियालाई तिब्रता दिन थालेसँगै निकै महत्वाकंक्षाी योजनाहरु पछ्याउन सुरु गरेको छ । भारत आगामी ५ वर्षमा विश्वको शीर्ष ५  सेमिकन्डक्टर उत्पादकहरुमध्ये एक बन्ने लक्ष्यमा रहेको देशका इलेक्ट्रोनिक्स, सूचना प्रविधि, रेलवे तथा सञ्चार मन्त्री अश्विनी वैष्णवले बताएका छन् ।

चिप उद्योग एक जटिल बजार रहेको र विश्वव्यापी मूल्य तथा आपूर्ति श्रृंखलाहरुको वर्तमान सन्दर्भले झन जटिल बनाएका कारण आगामी ५ वर्षर्म भारत विश्वको शीर्ष ५ सेमिकन्डक्टर उत्पादक राष्ट्र बन्ने लक्ष्यमा रहेको उनले बताएका हुन् । डिसेम्बरसम्ममा ताइवानले विश्वव्यापी सेमिकन्डक्टर उत्पादन क्षमताको करिब ४६% हिस्सा ओगटेको छ । 

Read More