बैंकहरुले एकैदिन राष्ट्र बैंकमा राखे करिब १ खर्ब निक्षेप, सिडि रेशियो ८० प्रतिशतभन्दा तल झर्यो


  • Himalayan Bank Limited (HBL)
बैंकहरुले एकैदिन राष्ट्र बैंकमा राखे करिब १ खर्ब निक्षेप, सिडि रेशियो ८० प्रतिशतभन्दा तल झर्यो

बैंकहरुमा लगानीयोग्य रकम अधिक भएपछि एकैदिन करिब १ खर्ब निक्षेप राष्ट्र बैंकमा राखेका छन्।

बैंकहरुले आइतबार स्थायी निक्षेप सुविधा उपयोग गर्दै ३ प्रतिशत ब्याजदमा ९१ अर्ब ७० करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका हुन्। फागुन यता बैंकहरुले ५ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखिसकेका छन्।

अहिले बैंकहरुमा अधिक तरलता छ। निक्षेपको तुलनामा कर्जा लगानी न्युन हुँदा बैंकहरुको सिडि रेशियो ८० प्रतिशतभन्दा पनि तल झरेको छ। अहिले बैंकहरुको औसत सिडि रेशियो ७९.६७ प्रतिशतमा झरेको छ। यसले बैंकहरुसँग ६ खर्ब बढीको लगानीयोग्य रकम थुप्रिएको देखाउछ।

पछिल्लो समय बैंकहरुको निक्षेप संकलन बढीरहेको छ। तर कर्जा लगानी त्यो अनुसार बढेको छैन। अझै पनि कर्जाको माग सुस्त नै छ। यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिदै गएको हो।

Read More