अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रु २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ ।
सोही अवधिमा रु १२ करोड २१ लाखको मकै, रु पाँच करोड ९४ लाखको चामल र रु एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आवको आठ महिनामा रु आठ करोड ७१ लाखको तरकारी, रु १६ लाख ५० हजारको मटर, रु १४ लाख ८६ हजारको फर्सी, लौकालगायतको तरकारी, रु सात लाख ३३ हजारको प्याज, रु पाँच लाख २९ हजारको काँक्रा, रु सात लाख ४१ हजारको कागती र रु ६ लाख ७९ हजारको अन्य तरकारी आयात गरिएको छ ।


