वीरगन्ज : वीरगन्जबाट प्रहरीले हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई करिब ७ लाख रुपैयाँ र विभिन्न बैंकका चेकसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका-१६ मा बस्दै आएका ५० वर्षीय रामबाबु कलवार रहेका छन्। उनको साथबाट श्रोत खुल्न नसकेको ६ लाख ८२ हजार नेपाली रुपैयाँ बरामद पनि गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।



