काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको गुनासोका बाबजुत सरकारले स्वास्थ्य बीमामार्फत औषधि उपचार गराउँदा १० प्रतिशत सेवाग्राहीले भुक्तानी गर्नुपर्ने व्यवस्था लागू गरेको छ । स्वास्थ्य बीमालाई पारदर्शी बनाउन भन्दै बीमीतले १० प्रतिशत सहभूक्तानीको व्यवस्था गरेको बीमा बोर्डको भनाइ छ । तर बीमा प्रभावकारी बनाउनुको सट्टा सरकारले बीमीतलाई थप भार बोकाएको गुनासो सर्वसधारणको छ ।



