मर्जर र प्राप्तिपछि सेयर कारोबारमा दिइएको करछुट असुल्दै सरकार


  • Himalayan Bank Limited (HBL)
मर्जर र प्राप्तिपछि सेयर कारोबारमा दिइएको करछुट असुल्दै सरकार

काठमाडौँ — विगतमा गाभ्ने गाभिने तथा प्राप्ति (मर्जर तथा एक्विजिसन) प्रक्रियापछि सेयर कारोबारमा सेयरधनीलाई दिइएको करछुट सरकारले असुल्न लागेको छ । थप सेयर निष्कासन (एफपीओ) र ‘बार्गेन पर्चेज गेन’ प्रक्रियामा बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलगायतबाट ठूलो राजस्व असुलेको सरकारले मर्जर तथा एक्विजिसन प्रक्रियापछि सेयर कारोबारमा दिइएको करछुट असुल्न लागेको हो ।

त्यसका लागि आन्तरिक राजस्व विभागअन्तर्गतको ‘मध्यमस्तरीय करदाता कार्यालय’ले नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङलाई पत्र काटेर मर्जर तथा एक्विजिसन प्रक्रियामा सामेल कम्पनीहरूको सेयर कारोबार विवरण मागेको छ ।

Read More