एमडीएमएस ठेक्कामा सवा दुई अर्ब अनियमितता


  • Himalayan Bank Limited (HBL)
एमडीएमएस ठेक्कामा सवा दुई अर्ब अनियमितता

४ चैत, काठमाडौं । भन्सार छलेर ल्याइएका मोवाइल निष्क्रिय बनाउने प्रणाली खरिद प्रक्रियामा सवा २ अर्ब रुपैयाँ अनियमितता भएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता मोवाइल निष्क्रिय बनाउने मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्थापना गर्न लागत अनुमान भन्दा दोब्बर बढीमा ठेक्का सम्झौता गरेको भेटिएको हो ।

प्राधिकरण उच्च स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको कागजात अनुसार एमडीएमएस प्रणाली खरिदका लागि प्राधिकरणले नै एक अर्ब २४ करोड रुपैयाँको लागत अनुमान तयार गरेको थियो । जसमध्ये एक अर्ब १४ करोड रुपैयाँ उपकरण र सफ्टवेयर खरिदका लागि थियो भने पाँच वर्षको सञ्चालन खर्च ९ करोड ३१ लाख रुपैयाँ थियो ।

Read More