काठमाडौं । मुलुकमा आर्थिक रूपमा सक्रिय जनसंख्या ६५ दशमलव ६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ । उत्पादन र सेवामूलक क्षेत्रमा काम गरी आयआर्जन गर्नेको जनसंख्या २ करोड ३९ लाख ७८९ जना रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ । कार्यालयले आइतवार ‘राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनहरू’ सार्वजनिक गर्दै ३४ दशमलव ४ प्रतिशत मानिस अझै पनि आर्थिक रूपमा निष्क्रिय रहेको जानकारी दिएको छ । कार्यालयका अनुसार केही गर्दै नगर्ने बूढाबूढी, केटाकेटी र विद्यार्थी आर्थिक रूपले निष्क्रिय हुन् ।


_101232.jpeg)
