ऋणीको ओरालो, कालोसूचीको उकालो


  • Himalayan Bank Limited (HBL)
ऋणीको ओरालो, कालोसूचीको उकालो

कोभिड—१९ को महामारीले अर्थतन्त्र शिथिल पार्‍यो। व्यापार, व्यवसाय र उद्योगधन्दा चल्न सकेनन्। यसको प्रामाणिक तथ्य देखाउने एउटा ऐन कर्जा सूचना केन्द्रको तथ्यांक पनि हो।

गएका पाँच वर्षमा ऋणीहरू कालोसूचीमा पर्ने क्रम बर्सेनि दोब्बरका गतिले उकालो लागेको छ। त्यो सूची उकालो लाग्नुको मतलब हो, व्यापार, व्यवसाय र उद्योगधन्दा नचल्नु र ऋणी ओरालो लाग्नु। बैंक वित्तीय संस्थालगायतबाट ऋण लिनेहरूको एकमुष्ठ सूचना यो केन्द्रसँग हुन्छ। एउटा संस्थाको ऋण नतिरे अर्काेसँग लिन नसकिने त्यही केन्द्रको सूचनाकै कारण हो। ऋण नतिर्नेलाई कालोसूची राखेर अर्काे संस्थाबाट ऋण लिन वञ्चितीकरण हुने प्रक्रिया केन्द्रले बनाउँछ।

Read More