काठमाडौं : नेपालको सार्वजनिक लगातार जसो बढ्दै गएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । यसअघि माघ महिनामा सरकारले तिर्नुपर्ने ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड २७ लाख रुपैयाँ रहेको थियो ।



