४ चैत, काठमाडौं । नक्कली नोट कारोबार गरेको आरोपमा ललितपुरबाट तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुरको गोदावरी नगरपालिका–३ टौखेलका ३७ वर्षीय करण प्रधान, काभ्रेको मन्डनदेउपुर नगरपालिका–११ घर भएका सञ्जय अधिकारी र काभ्रेकै बेथानचोक गाउँपालिका–३ घर भएका २५ वर्षीय सबिन हुमागाईंलाई पक्राउ गरेको छ ।



