करिब ३९ प्रतिशत परिवार बैंक तथा वित्तीय सेवाको पहुँच बाहिर


  • Himalayan Bank Limited (HBL)
करिब ३९ प्रतिशत परिवार बैंक तथा वित्तीय सेवाको पहुँच बाहिर

काठमाडौं । नेपालमा अझै ३९ प्रतिशत परिवार बैंक तथा वित्तीय सेवाको पहुँच बाहिर रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा यस्तो देखिएको हो ।  

बैंक तथा वित्तीय निकायमा परिवार र परिवार सदस्यको पहुँचसम्बन्धी जनगणना २०७८ मा संकलनमा गरिएको विवरण अनुसार नेपालका कुल परिवार (संस्थागत परिवार बाहेक) सङ्ख्या मध्ये ६१.४ प्रतिशत परिवारमा कम्तीमा एक जना सदस्यको नाममा बैंक तथा वा वित्तीय संस्थामा खाता रहेको देखिन्छ । तर, अझै पनि करिब ३९ प्रतिशत परिवारमा कुनै पनि सदस्यको नाममा बैंक वा वित्तीय संस्थामा खाता नभएको वा ती परिवार बैंक वा वित्तीय सेवाको पहुँचमा नरहेको देखिन्छ ।

Read More