एकै वर्षमा एक लाख ३९ हजार घटे सामाजिक सुरक्षा भत्ता लिने


  • Himalayan Bank Limited (HBL)
एकै वर्षमा एक लाख ३९ हजार घटे सामाजिक सुरक्षा भत्ता लिने

ज्येष्ठ नागरिक भत्ता, अपांगता भत्ता, एकल महिला भत्तालगायत (११ प्रकारका) सामाजिक सुरक्षा बापतको भत्ता लिने लाभग्राहीको संख्यामा उल्लेख्य कमी आएको छ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार यस्ता लाभग्राहीको संख्या एक लाख ३९ हजारभन्दा धेरै घटेको हो। पञ्जीकरण विभागले भुक्तानी प्रक्रिया र सिस्टममा गरेको सुधारले यो संख्या घटेको आकलन गरेको छ।

आर्थिक वर्ष २०७९/०८० को अन्तिमसम्म सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको संख्या ३८ लाख दुई सय ७७ जना थियो। तर चालु वर्ष भने यो संख्या घटेर ३६ लाख ७० हजार सात सय ८१ जना पुगेको छ।

Read More