काठमाडौँ । गत फागुन महिनामा सेयर बजारबाट लगानीकर्ताले ४० अर्ब रुपैयाँ कमाएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को तथ्यांकअनुसार फागुनमा सेयर लगानीकर्ताहरुले दोस्रो बजारको कारोबारबाट ४० अर्ब ७६ करोड रुपैयाँ कमाएको देखिएको हो ।
त्यस्तै, लगानीकर्ताले कुल ४० अर्ब रुपैयाँ कमाउँदा सरकारलाई फागुनमा मात्रै कुल ४४ करोड ९२ लाख रुपैयाँ पूँजीगत लाभकर तिरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.६४ प्रतिशत कम हो ।



